उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

भू-स्वर्ग खप्तड
भू-स्वर्ग खप्तड

काठमाण्डौ : आज पश्चिमी क्षेत्रमा उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । अन्य क्षेत्रको मौसम भने आज सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । केही पहाडी क्षेत्रमा बिहान मौसम बदली भए पनि खुल्दै जाने उहाँले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि घाम लागेको छ । यसपालिको दशैँमा टीका लगाउन जाने आउनेलाई पनि मौसमले साथ दिएको छ । तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्  । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार