SKIP THIS

S.P.A  Collage

दुई महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री बर्खास्त

दुई महिनादेखि सार्वजनिकरूपमा नदेखिएका चिनियाँ रक्षामन्त्री बर्खास्त

दुई महिनादेखि सार्वजनिक मञ्चमा नदेखिएका चिनियाँ रक्षामन्त्री ली साङ्फु औपचारिक रूपमा बर्खास्त हुनुभएको छ । उहाँलाई हटाउनुको कारण खुलेको छैन ।

नयाँ रक्षामन्त्रीका रुपमा अहिलेसम्म कसैलाई पनि घोषणा गरिएको छैन । यसै हप्ता बेइजिङमा विदेशी रक्षा अधिकारीहरूलाई चीनले स्वागत गर्ने तयारी गरिरहेको छ । यही समयमा रक्षामन्त्रीलाई औपचारिक रुपमा हटाएको चीनको समाचार संस्था सीसीटीभीले उल्लेख गरेको छ ।

रोयटर्सले गएको महिना गरेको एक रिपोर्टअनुसार रक्षामन्त्री ली उपकरण खरिद र विकाससम्बन्धी भ्रष्टाचारको अनुसन्धानमा तानिनुभएको थियो । उहाँ गएको अगस्ट १५ तारिखमा रुसको मस्कोमा आयोजित एक सुरक्षा सम्मेलनमा सहभागी हुनुभएको थियो । त्यसको दुई दिनपछि बेलारुस सरकारले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेंकोसँग मिन्स्कमा भएको भेटवार्ताको तस्बिर सार्वजनिक गरेको थियो ।

त्यस्तै, अगस्ट २९ तारिखमा लीले बेइजिङमा आयोजित अफ्रिका पिस एन्ड सेक्युरिटी फोरममा मुख्य प्रवचन दिनुभएको थियो । तीन महिनामा चीनमा दुई जना मन्त्री बर्खास्त भएका छन् । गएको जुलाईमा तत्कालीन विदेशमन्त्री छिङ काङ बर्खास्तीमा पर्नुभएकाे थियाे । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार