नेपाली सेनालाई संयुक्त राष्ट्रसंघका महासचिवको सुरक्षा जिम्मा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको सुरक्षाको जिम्मा नेपाली सेनाले लिने भएको छ । महासचिव गुटरेस यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लाग्नु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा नेपाल आउन लाग्नु भएका गुटेरेसको भ्रमण राजकीय बनाउने क्रममा नेपाली सेनाको नेतृत्वमा सुरक्षा प्रदान गर्न लागिएको जिल्ला सुरक्षा परिषद् काठमाडौंले जनाएको छ ।

गुटेरेसलाई सुरक्षा दिन जिल्ला सुरक्षा परिषद् काठमाडौं र ललितपुरको बैठकले सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको हो । बैठकले पहिलो तथा भित्री घेरामा सेना बीचमा नेपाल प्रहरी र बाहिरी सुरक्षामा सशस्त्र प्रहरी रहने निर्णय गरेको छ ।

गुटेरेसले कात्तिक १४ गते संघीय संसदको संयुक्त बैठकलाई अपरान्ह ४ बजे सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । भ्रमणका क्रममा गुटेरेसले राष्ट्रपति, प्रधानमन्त्री लगाएत देशका उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्ने कार्यतालिका छ । भ्रमणकै क्रममा उहाँलाई अन्नपूर्ण र खुम्बु क्षेत्रको हिमाली दृश्यावलोकन गराउने कार्यक्रम समेत तय गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार