९ दिनदेखि हिरासतमा नेता धर्मेन्द्र बाँस्तोला

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता एवं प्रवक्ता धर्मेन्द्र बास्तोलाले प्रचण्डहरूको समाजवादी मोर्चा पार्टीहरूको असफलताको द्योतक रहेको टिप्पणी गरेका छन् ।

नेकपा (क्रान्तिकारी कम्युनिस्ट पार्टी)का प्रवक्ता धर्मेन्द्र बाँस्तोला नौ दिनदेखि प्रहरी हिरासतमा छन् । नेता बाँस्तोलाले चलाएको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि सवारी ज्यान मुद्दाको अनुसन्धानका क्रममा उनी दाङस्थित इलाका प्रहरी कार्यालय भालुबाङ्गको प्रहरी हिरासतमा राखिएका हुन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कात्तिक २ गते राति पौने १० बजेतिर राप्ती गाउँपालिका–५ सिङ्गे नजिकै बा ९ च ७१९८ नम्बरको नेता बाँस्तोलाले चलाएको स्कार्पियो गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दशैं मनाउन सुर्खेत जानेक्रममा बाँस्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा राप्ती गाउँपालिका–५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।

घटनालगतै प्रहरीले नेता बाँस्तोलालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । कात्तिक २ गतेयता उनी उक्त घटनामा प्रहरी हिरासतमै भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।

दशैं बिदाका कारण कात्तिक १२ गते मात्रै कार्यालय खुल्ने र त्यसपछि मात्र अदालती प्रक्रियाको काम सुरु हुने भएकाले नेता बाँस्तोलाले अझै केही दिन प्रहरी हिरासतमा बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार