आफ्नो आयु बढाउन जीवनशैली हुनुपर्छ यस्तो ?

आफ्नो आयु बढाउन जीवनशैली हुनुपर्छ यस्तो ?
प्रतिकारात्मक आनन्दित तस्बिर

काठमाडौँ : तपाई कति वर्षसम्म बाँच्नु हुन्छ ? आयु प्रायः जिन, पर्यावरण र तपाईको जीवनशैली आदिमा भर पर्ने कुरा हो । जीवनशैलीमा केही हेरफेर गर्दा मात्रै पनि व्यक्तिको बाँच्ने क्षमता बढाउन सकिने केही अध्ययनहरूले देखाएका छन् ।

आजको यो लेखमा हामी लामो जीवन बाँच्न चाहनेहरूले आफ्नो जीवनशैलीमा के कस्ता चिज अपनाएर आयु बढाउन सक्छन् भन्नेबारे कुराकानी गर्नेछौँ ।

सन्तुलित र स्वास्थ्यकर भोजन: ताजा फलफूल, तरकारी, साग, अन्न, प्रोटिन अनि हेल्दी फ्याट लगायत पोषक तत्त्व भरपुर खानेकुरा खाँदा समग्र स्वास्थ्यमा सकारात्मक असर पर्छ । यसले तपाईको उमेर बढाउन मद्दत मिल्छ ।

शारीरिक गतिविधि: तपाई हरेक दिन व्यायाम गर्नु हुन्छ ? हरेक दिन व्यायाम गर्नु मुटुको स्वास्थ्यको लागि राम्रो हुन्छ । यसले इम्यून सिष्टमले ठिकसँग काम गर्छ अनि समग्र स्वास्थ्य पनि राम्रो हुन्छ  ।

हेल्दी वेटः मोटोपना रोगको घर नै हो । यसका कारण कयौँ किसिमका समस्याहरू निम्तिन्छ । व्यक्तिको उमेरमा पनि  असर गर्छ । उपर्युक्त आहार र व्यायामको साहाराले तौल मेन्टेन्ट गर्न मद्दत मिल्छ ।

पर्याप्त निद्रा: खराब निद्राले अनेकौँ स्वास्थ्य समस्या निम्त्याउँछ । हरेक  दिन ७ देखि ९ घण्टासम्मको निद्रा पुर्‍याउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । यसले तपाई बढी बाँच्ने सम्भावना पनि बढाउँछ ।

तनाव: तनावले स्वास्थ्यको साथसाथै उमेरमा पनि नराम्रो असर पुर्याउँछ । यसको कारण कयौँ खाले रोग लाग्छ । सकेसम्म तनाव कम गर्ने कोसिस गर्नुस् ।

सामाजिक सम्बन्ध: सामाजिक सम्बन्ध मजबुत बनाएर राख्नुहोस् । साथीभाइ अनि परिवारसँगको नेटवर्क पनि राम्रो छ भने शारीरिक र मानसिक स्वास्थ्यमा सुधार आउँछ । यसले पनि तपाईको आयु लम्ब्याउन मद्दत गर्छ ।

रक्सी सेवन: धेरै रक्सी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्छ । खाँदै नखानु भन्ने होइन । तर ठिक्क, सीमित मात्रामा पनि रक्सी सेवन गर्नुहोस् ।

पर्याप्त पानी पिउने: तपाईको शरीरमा आवश्यक  पानीको मात्रा पुगेको छ भने शरीरका सबै अङ्गहरूले राम्रोसँग काम गर्न सक्छन् । दिनमा कम्तीमा पनि २ लिटर पानी पिउन जरुरी छ ।  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार