फार्मासिष्ट माथि कुटपिट

कुटपिट
साङ्केतिक तस्बिर

धनगढी : बझाङको जयपृथ्वी अस्पताल प्रा. लि. चैनपुरको फार्मेसीमा कार्यरत स्वास्थ्यकर्मी (फार्मासिष्ट) माथि कुटपिट भएको छ । डाक्टरको सल्लाह विना दिन माग गरेपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा फार्मासिष्ट मदन खड्का माथि अभद्र व्यवहारसँगै कुटपिट भएको हो ।

दशैंको बिदाको दिनमा पनि नागरिकको स्वास्थ्य उपचारका लागि ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै जयपृथ्वी अस्पतालले प्रेस विज्ञप्तीसमेत जारी गरेको छ ।

जयपृथ्वी नगरपालिका– १० चैनपुर बस्ने सुदिप सुनार लगायत व्यक्तिले अस्पताल फार्मेसीभित्र प्रवेश गरि प्रिगावलिन, ट्रामाडोल र कफट्याव डि भन्ने औषधिको नाम उच्चारण गरि माग्न खोज्दा अस्पतालको फार्मासिष्ट खड्काले उक्त उच्चारण गरिएका औषधि चिकित्सको प्रिस्क्रिप्सन बिना बिक्रि वितरण गर्न नमिल्ले बताएपछि खड्कालाई अपशब्दले गाली बेइज्जती गरि कुटपिट भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार