सुन्तला स्वादिष्ट मात्रै हैन, सुन्तलाको सेवन गरे जोगिन सकिन्छ यी चार स्वास्थ्य समस्याबाट 

suntala

सुन्तला एउटा उत्कृष्ट फल हो, जसका विभिन्न स्वास्थ्य सम्बन्धि फाइदाहरु छन् । यो फल स्वादिष्ट मात्र नभएर यसको सेवन गर्नाले विभिन्न रोगहरुबाट बच्न पनि सकिन्छ ।

यो फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ, जुन शरीरका विभिन्न अंगका लागि फाइदाजनक मानिन्छ । सुन्तला सेवनका विभिन्न फाइदाहरु निम्न प्रकार छन्:

वजन कम गर्नका लागि

सुन्तला लो क्यालोरीमा हाई फाइबर फ्रूट हुनुको साथै यसमा पानीको राम्रो स्रोत पनि हुन्छ, जसले वजन नियन्त्रण गर्न सहयोग प्राप्त हुन्छ । यदि पेट र कम्मरको बोसोका कारण चिन्तित हुनु हुन्छ भने सुन्तलाको सेवन गर्नु राम्रो हुन्छ ।

स्वस्थ छालाका लागि

सुन्तलामा भएको भिटामिन सी र एन्टि- अक्सिडेन्टले हाम्रो छालालाई स्वास्थ्यकर बनाउन सहयोग पुर्याउँछ र दाग-धब्बालाई पनि कम गर्छ । त्यस्तै सुन्तला सेवनले हाम्रो अनुहार पहिला भन्दा पनि बढी चम्किलो हुन्छ ।

एनीमियाबाट बच्नका लागि

जुन मानिसको शरीरमा रगतको कमी भइरहन्छ, त्यस्ता मानिसले नियमित रुपले सुन्तला खानु आवश्यक छ । यस्ता मानिसले सुन्तला सेवन गर्नाले शरीरमा आइरनको कमी हुन पाउँदैन, जसले गर्दा एनिमियाको खतरा हुँदैन ।

मुटुको स्वास्थ्यका लागि

सुन्तलाको सेवन मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ किनभने सुन्तलाले कोलेस्ट्रललाई कम गर्न सहयोग पुर्याउँछ । जसले हाई ब्लड प्रेशर, हार्ट अट्याक, हार्ट फेलियर, कोरोनरी अर्टरी डिजीज र ट्रिपल भेसेल डिजीजको खतरा धेरै कम हुन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार