खाना रुचाउन मद्दत गर्ने अचार बट्टामा खाँदिएको खाए स्वास्थ्यका लागि यति हानिकारक  ?

अचार बट्टामा खाँदिएको
अचार

नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ । 

तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् । जानौं अचारले गर्न सक्ने हानिका बारेमा : 

मधुमेहमा हानिकारक

मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ । चिनीयुक्त अचार मधुमेहको रोगीले सेवन गर्नुहुँदैन । 

पाचनप्रणालीमा असर
धेर अचार खाादा पेट फुल्छ र दुख्छ । धेर अचार खाने मानिसलाई पेटको क्यान्सर हुने सम्भावना हुन्छ । 

आन्द्रामा अल्सर
अचारमा मसला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले आन्द्रामा अल्सर हुनसक्छ । 

उच्च रक्तचाप
अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ । तपाईंलाई उच्च रक्तचाप छ भने अचार नखानुस् । 

शरीर सुन्निने
अचारलाई लामो समयसम्म सुरक्षित राख्नका लागि सोडियमयुक्त नून हालिएको हुन्छ । सोडियमका कारण शरीरले पानीको मात्रा कायम राखेर अस्म्याटिक सन्तुलन गराउनुपर्ने हुन्छ जसकारण शरीर सुन्निन्छ । शरीर बढी नै सुन्नियो भने चिकित्सकलाई देखाउनुस् ।

ट्राईग्लिसराइड उच्च

अचारमा हालिने प्रिजर्भेटिभ्सले त्यसको आयु त बढाउँछन् तर स्वासथ्यलाई हानि पु–याउँछन् । प्रिजर्भेटिभ्समा तेलको मात्रा बढी हुन्छ र शरीरमा ट्राईग्लिसराइडको स्तर बढ्छ । 

अचारले स्वाद बढाएपनि स्वास्थ्यमा धेरै समस्या ल्याउने हुनाले सकेसम्म बट्टामा खाँदिएको अचार खाँदै नखानुस् । दिनदिनै घरमा ताजा चटनी बनाएर खाने गर्नुस् बरू । अचारमा जिभ्रो झुण्डिएको छ भने त्यसको मात्रा आजैबाट घटाउन थाल्नुस् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार