जुवा खेल्दै गरेको अबस्थामा एकलाख ९० हजार सहित गायक चक्र बम कलाकार ‘इकु’लगायत ९ जना पक्राउ

 काठमाडौं : प्रहरीले जुवा खेलिरहेका अवस्थामा कलाकारहरूसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त सिंहदरबारको टोलीले गएको शनिबार मैतिदेवीको एक डान्सघरबाट गायक तथा मोडेल चक्र बम, कलाकार सुर्पमान स्याङतान ‘इकु’सहितलगायतका कलाकारसहित ९ जनालाई पक्राउ गरेको हो ।

कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय गायक बम, ललितपुरका ३८ वर्षीय इकुसहित भोजपुर पात्लेपानी–२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय रोशन सिंह, काभ्रे पाँचखाल –६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ का २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ–९ का ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एकलाख ९० हजार ९२० रुपैयाँ नगद पनि बरामद गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार