नेपाल भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

नेपाल भारत सीमा स्तम्भ
नेपाल भारत सीमा स्तम्भ

जनकपुरधाम : नेपाल भारत सीमा दशगजामा पर्ने सीमास्तम्भको मर्मत तथा रंगरोगजनको काम सुरु भएको छ । सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा दशगजामा रहेको सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन सुरु गरेको हो ।

बिहीबार धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ जटही स्थित १८५ नम्बर सहायक सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्दै कार्यको थालनी भएको छ । धनुषामा १५५ सीमास्तम्भ रहेको धनुषाका सशस्त्र प्रहरीका प्रमुख एसपी दिनेश मल्लले जानकारी दिए ।

मधेश प्रदेशमा नेपाल र भारत सीमा दशगजामा ४ हजार भन्दा बढी सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने कार्य सुरु भएको मधेश प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआइजी दिपेन्द्र साहले जानकारी दिए । विजोर नम्बरको सीमास्तम्भ नेपालले र जोर नम्बरको भारतीय एसएसबीले गर्ने उनले बताए ।

उनका अनुसार २०७७ साउनमा जिर्ण भएका सिमा स्तम्भ मर्मतसम्भार गर्ने मन्त्री परिषदले निर्णय गरेको थियो । हराइरहेका सिमास्तम्भ निर्माणबारे नेपाल र भारतीय पक्षबीच छलफल भइरहेको उनले बताए ।

सो अवसरमा अवसरमा नगराइन नगरपालिकाका मेयर विनय यादव, मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, भारतीय एसएसबीका डिपुटी कमाण्डेन्ट सन्तोष निमोरिया लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार