६ महिनापछि नारायणी अस्पतालमा एमआरआई सेवा सुरु

६ महिनापछि नारायणी अस्पतालमा एमआरआई सेवा सुरु

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा एमआरआई मेसीन जडान गरिएको करिब ६ महिनापछि  एमआरआई सेवा सञ्चालनमा आएको छ । नारायणी अस्पतालले गत चैत महिनामै ३० करोड रुपैयाँमा खरिद गरि एमआरआई मेसिन ल्याएको थियो । तर, प्राविधिक कारणवश उक्त मेसिन सञ्चालनमा ल्याउन नसक्दा जडान गरेर पनि प्रयोगविहीन अवस्थामा राखिएको थियो । 

गत असोज १३ गते अस्पतालको १ सय ३१ औं स्थापना दिवसमा संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले एमआरआई मेसीनको उद्घाटन पनि गरेका थिए । तर, प्राविधिक कारणले उक्त मेसीन अस्पतालले सञ्चालनमा भने सकेको थिएन।

मंगलबारदेखि एमआरआई मेसिन सञ्चालनमा ल्याइ अस्पतालमा पहिलोपटक एमआरआई सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले बताए । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार