आयुर्वेदिक औषधिबारे आफ्नो भनाइ सच्यायो स्वास्थ्य मन्त्रालयले

स्वास्थ्य मन्त्रालय

काठमाडौँ : आयुर्वेदिक औषधि सेवन गरेका बिरामीको रगतमा लेड (सिसा)को मात्रा अत्याधिक भएको विषयमा आइतबार जारी गरेको विज्ञप्तिले अन्यौलता सिर्जना गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो भनाइलाई सच्याएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिले सबै आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीको रगतमा लेड (सिसा)को मात्रा अत्याधिक भेटिएको अर्थ लागेपछि मन्त्रालयले आफ्नो भनाइ सच्याएको हो ।

पछिल्लो पटक जारी गरेको विज्ञप्तिमा ‘केही’ भन्ने शब्द थपिएको छ । ‘केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू’ भनिएको छ । यसैगरी ‘केही तथा दर्ता नगरिएका आयुर्वेदिक औषधि’ भनिएको छ । सबै आयुर्वेदिक औषधि भन्ने अर्थ लागेपछि मन्त्रालयले यसलाई सच्याएको हो । 

मन्त्रालयले जारी गरेको विज्ञप्तिले अर्थको अनर्थ लाग्न गएकोले सच्याइएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनले भने, ‘दर्ता भएका करिव २० प्रतिशत आयुर्वेदिक औषधिमा लेड (सिसा) भेटिएको छ । दर्ता नभएका आयुर्वेदिक औषधिमा यो भन्दा बढी मात्रामा लेड (सिसा) भेटिने गरेको छ ।’

साइड इफेक्ट कम हुने भन्दै बिरामीले प्रयोग गर्दै आइरहेको आयुर्वेदिक औषधिका बारेमा मन्त्रालयले जारी गरेको विज्ञप्तिले अन्यौलता सिर्जना गरेको थियो । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार