इन्स्टाग्रामबाट चिनेका युवकद्वारा यौनशोषण र १४ लाख ठगी

यौनशोषण

काठमाडौं : सामाजिक सञ्जाल इन्स्टाग्रामबाट चिनजान भएका युवालाई विश्वास गर्दा एक युवतीले लाखौँ गुमाएकी छिन् भने यौनशोषणमा समेत परेकी छिन् ।

शोषण गर्ने रामेछाप मन्थली घर भई बौद्ध बस्ने जेरी भन्ने नवीन तामाङ लामालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेकोमा अदालतले उनलाई थुनामा पठाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले तामाङलाई पक्राउ गरी जबर्जस्ती करणी र ठगी मुद्दा चलाएको थियो । पीडितको जाहेरीअनुसार तामाङले कल मी मिस्टर तामाङ नामक इन्स्टाग्राम अकाउन्टबाट युवतीलाई रिक्वेस्ट पठाई चिनजान भएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

तामाङले आफू ३ कक्षादेखि अमेरिकामा अध्ययन गरेको र अमेरिका पठाइदिन सक्ने भन्दै नजिकिएका थिए । त्यही आश्वासनमा विभिन्न ठाउँमा राखेर यौनशोषण गरेको र १४ लाख रुपैयाँसम्म ठगी गरेको उजुरी दिएकी छिन् । पछि सम्पर्कविहीन भएपछि युवतीले प्रहरीमा उजुरी गरेकी हुन् । तामाङलाई मंगलबार काठमाडौं जिल्ला अदालतले थुनामा पठाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार