स्वस्तिक अस्पताल धनगढीको सार्वजनिक सुनुवाइ सम्पन्न

स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. धनगढीको सार्वजनिक सुनुवाइ भव्यताका साथ सम्पन्न भएको छ ।
स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. धनगढीको सार्वजनिक सुनुवाइ

धनगढी : स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.लि. धनगढीको सार्वजनिक सुनुवाइ भव्यताका साथ सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमका बिच अस्पताल परिसर भित्र रहेको आफ्नै क्यान्टिनमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलको परामर्श दाता समेत रहेको लक्ष्य ट्रेनिङ एण्ड रिसर्च सेन्टरका कर्मचारी एवं अस्पतालका वातावरण विज्ञले अस्पतालको हालको अवस्था वातावरणीय प्रभाव सोको लागी अस्पतालले गरेका कार्यहरूबारे उपस्थित सर्वसाधारणहरू माझ प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, कार्यक्रममा सुझाव राख्दै पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव हरि जोशीले अस्पतालले गर्न खोजेको राम्रा कार्यहरू प्रशंसा गर्दै अस्पतालले हरित धनगढी बनाउनमा थप वृक्षारोपण लगायतका कार्यहरूमा सक्रियता बढाउन आग्रह गर्नुभएको थियो ।

सुझाव एवं आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा धनगढी उप-महानगरपालिका वडा नंं. ३ की दलित महिला वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष अन्जु मगरातीले आफूले अस्पतालको हाल सम्म दुई पटक पूर्ण निरीक्षण गरेको बताउँदै अस्पतालले सुदूरपश्चिममै अत्याधुनिक उपकरणहरू त्यसै गरी आवश्यक पर्ने बगैँचा तथा वृक्षारोपणको व्यवस्थापन गरेको देख्दा खुसी व्यक्त गर्दै रोजगारीका अवसरहरू मा धनगढी वडा नं. ३ का स्थानीयहरू लाई प्राथमिकता दिन आग्रह गर्नु भयो ।

यसका साथै, अस्पतालका अध्यक्ष महेश राज जोशीले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै हाल अस्पतालले सुदूरपश्चिममै ‘मानव स्वास्थ्यमा आउने हरेक समस्याको एउटै समाधान, स्वास्थ्य क्षेत्रमा उच्चतम प्रविधि तथा गुणस्तरीय सेवा’ भन्ने मूल नारा सहित स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलले सेवाग्राहीहरू को सुविधालाई मध्यनजर गर्दै विभिन्न उच्च विशेषज्ञ तथा विशेषज्ञ सेवाहरू वाता अनुकूलित एसी सहितको संरचना बाट प्रदान गरिरहेको बताउनु भयो ।

“हाम्रो अस्पतालले बिरामीहरूको सुविधामा विशेष ध्यान केन्द्रित गरेको छ । जसका लागी आवश्यकता मौसमलाई मध्यनजर गर्दै चिसो/तातो पानीको व्यवस्था, अस्पताल प्रवेश गरे देखी हरेक वार्डमा एसी जडित संरचनाहरू छन् । वातावरणीय प्रभाव लाई मध्यनजर गर्दै फोहोर उपमहानगर सँगको समन्वयमा व्यवस्थापनका लागी कुहिने, नकुहिने फोहोर मैला तथा फोहोर पानीको उचित व्यवस्थापन गर्ने गरेका छौँ । थप सिसा तथा सिरीन्जी जन्य फोहोरको व्यवस्थापनका लागी आवश्यक उपकरणको प्रयोग गरेका छौँ । हामी सदैव नेपाल सरकारले व्यवस्था गरेका कानुनी व्यवस्थाहरूको पूर्ण रूपमा पालन गर्न सधैँ प्रतिबद्ध छौँ ।”

जोशीले भन्नुभयो ।

त्यस्तै, जोशीले अस्पतालले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड ऐन, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागी कुल शय्याको दश प्रतिशत शय्या छुट्टाई निःशुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउनु पर्नेछ भनी उल्लेख गरिएको कानुनी व्यवस्था बमोजिम अस्पतालमा उपचार गराउन आउनु हुने विपन्न, असहाय, बेवारिसे बिरामीका लागी निःशुल्क उपचार तथा बेड सेवा प्रदान गर्दै आइरहेको बताउँदै अस्पतालले सम्पूर्ण कर्मचारी जनशक्ति सबै विज्ञापन खोलेर नै आवश्यक परीक्षा लिएर नै गर्ने गरेको भए पनि वडा नं. ३ का स्थानीयलाई अझ थप प्राथमिकतामा राख्ने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अस्पतालका अध्यक्ष महेश राज जोशीको अध्यक्षतामा बिहान ११ बजे देखी करिब दिउँसो १ बजे सम्म सञ्चालन भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नंं. ३ की दलित महिला वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष अन्जु मगराती तथा वडा सदस्य यदु आचार्य तथा जनप्रतिनीधिहरु, धनगढी उप-महानगरपालिका वडा नं. ३ र ४ का विभिन्न बुद्धिजीवी, समाजसेवी, व्यापारी व्यवसायी, पेसाकर्मीहरू को उपस्थिति रहेको थियो ।

यस्तै, उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सचिव हरि जोशी एवं रेडियो धनगढी र धनगढी खबरका कार्यकारी निर्देशक हरि जोशी, नेपाल पत्रकार महासंघ कैलाली शाखाकाका कार्यसमिति सदस्य दीपक उपाध्याय र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी संस्थापक सदस्य बिराज रोस्यारा र सोधपत्र डटकमका प्रकाशक समीर भट्टको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार