थेसिस बारे नयाँ मापदण्ड निर्धारण हेर्नुस्

त्रिभुवन विश्वविद्यालय

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले शोधपत्र (थेसिस) बारे नयाँ मापदण्ड निर्धारण गरेको छ। डिनको कार्यालयले मंगलबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो। कार्यालयले सम्बन्धित क्याम्पस/विभागमा शोधपत्रको भाइभा चौथो समेस्टरको सत्रान्त परीक्षा भए पनि गर्नुपर्ने स्पष्ट पारेको  छ।

त्यस्तै भाइभा भएको मितिले कम्तीमा १ महिनाभित्र डिन कार्यालयमा प्राप्तांक पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ।

‘चौथो सेमेस्टरको सत्रान्त परीक्षाको नतिजा प्रकाशित मितिले ९० दिनभित्र शोधपत्रको भाइभा गरेमा मात्रै नियमित विद्यार्थी मानिने र चौथो सेमेस्टरको परीक्षा फारम भर्नुअगाडि शोधकार्य नसकेमा विद्यार्थीले शोधपत्रका निमित्त पनि आंशिक विद्यार्थीसरह पुनः फाराम भर्नुपर्ने,’ सूचनामा उल्लेख छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार