संजिव रावलको निर्देशनमा शिबम भण्डारीको कोसौं दूर सार्वजानिक (भिडियो सहित)

संजिव रावलको निर्देशनमा शिबम भण्डारीको कोसौं दूर सार्वजानिक (भिडियो सहित)

डडेल्धुराका गायक तथा संगीतकार शिवम भण्डारीको आवाजमा पहिलो गीत ‘कोसौं दूर’ सार्वजनिक भएको छ। संगित र स्वर स्वयम् आफ्नै रहेको गीतमा संगीत संयोजन किरण कँडेलले गरेका छन्।

संजीव रावल ‘सिमसिम’ को निर्देशनमा रहेको उक्त म्युजिकल फिल्ममा दिवश नाथ, सविना धामी, सुवाश बोम्जन, बोन्दिता धामी, शिवम भण्डारी, धनिराम गिरी र भीमबहादुर पाण्डेयलगाएतका कलाकारको अभिनय छ।

गीतको भिडियोमा पछिल्लो समयमा युवाहरु विदेश जानुको पछाडिको रहस्य र राजनीतिक दलको झुठो आश्वासनमा फसेर युवाहरू कसरी विदेशीन पुग्छन् भन्ने चरितार्थ देखाउन खोजिएको छ ।

विद्यमान गाउँको परिवेश र गाउँमा मलामीसमेत नपाएको कारुणिक कथालाई निर्देशक संजिव रावलले रचनात्मक ढंग बाट प्रस्तुत गरेका छन् ।

गायक शिवमले शास्त्रिय संगितमा स्नातक गरेका छन्। बिभिन्न ‘रियालिटी शो’मा समेत उनले आफ्नो प्रस्तुति दिएर धेरैको मन जितेका छन्। शुक्रबार सदिक्षा फिल्मस् युटूब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

83%

खुसी

17%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार