बैतडीको शिवनाथमा सार्वजनिक बिदा 

सार्वजनिक बिदा

बैतडीः बैतडीको शिवनाथ गाउँपालिकामा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलाका लागि ४ र ५ गते सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए।

अध्यक्षस्तरको निर्णय गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको अध्यक्ष साउँदले बताए। जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ।

जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ। स्थानीयहरुको उल्लासमय सहभागितालाई दृष्टिगत गर्दै पालिकाले जात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए। यसअघिका बर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार