बाजुराको खप्तड छेडेदह-२ गाज्रामा दशैं मेला

बाजुराको खप्तड छेडेदह-२ गाज्रामा दशैं मेला

बाजुरा : बाजुराको खप्तड छेडेदह गाउँपालीका वडा नम्बर २ गाज्रामा दशैंमेला लाग्ने भएको छ। जिल्लाकै प्रसिद्ध ऐतिहासिक मानिने गाज्रा दशैंमेला कार्तिक शुक्ल पञ्चमी अर्थात (मंसिर २ गते) भव्यताका साथ लाग्ने भएको आयोजकले जनाएको हो।

खप्तड छेडेदह २ गाज्रामा हरेक बर्ष औंशीको पञ्चमीमा लाग्ने दशैंमेलामा बाजुरासहित छिमेकी अछाम र बझाङ डोटी जिल्लाबाट पनि भक्तजनहरु आउने गरेका छन् । बिजयादशमी तथा दिपावलीको अन्त्यमा लाग्ने मेला भएकाले पनि गाज्रामा मेला हेर्ने आउने भक्तजनहरुको भिड लाग्ने गरेको खप्तड छेडेदह गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष भक्त बहादुर बुढाले बताए।

हरेक बर्ष लाग्ने दशैंमेलामा भक्तजनहरुको बाक्लो भिड नै रहने गरेको र दुर्गा देवीको पुजा र भाकल गर्दा मनोकामना पुरा हुने बिश्वास रहिआएको उनले बताए । भक्तजनहरुले पुजा गर्ने, हवन गर्ने बोका तथा राँगाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको उनको भनाई छ। जिल्लाबासीहरुबाट संकलित सहयोगबाट सँयुक्त पुजा तथा ब्यक्तीगत रुपमा पुजा गर्ने र मेला ब्यवस्थापन गर्न सहयोग रहेको जानकारी दिए।

मेलामा दिउँसो भक्तजनहरले पुजापठसंगै आफूले भाकल गरेका राँगा– बोकाको बलिसमेत चढाउने गरिन्छ। मेलामा ऐतिहासिक सांस्कृतिक देउडा, न्याउले लगायतका खेलमालका साथै स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ । बिजया दशमी तथा दिपावलीको अन्त्यमा लाग्ने मेला भएकाले पनि याँहा मेला हेर्ने आउने भक्तजनहरुको भिड लाग्ने गर्दछ। यो दशै मेला २०३८ सालदेखि बनाउँदै आएको र दशै मेलालाई भव्य सभ्य बनाउन सम्पुर्णमा आव्हान समेत गरेका छन्।

व्यवस्थापनका लागि वडा र क्लबको नेतृत्वमा मेला व्यवस्थापन समित गठन गरेर मेलालाई व्यवस्थित बनाइने वडा अध्यक्ष बुढाले बताए। गाज्रा दशंंमेलाको अवसरमा हरेक बर्षझै यसबर्ष पनि भलिबल प्रतियोगिता पनि हुने वडा अध्यक्ष बुढाले जानकारी दिएका छन। वडाध्यक्ष बुढाले स्थानीय तह र प्रदेश सरकारलाई सरकारलाई अझै प्रचार प्रसारण गर्नुपर्ने बताउँदै आफूबाट हुने सहकार्य गर्न तयार रहेको बताएका छन् ।

उक्त भलिबल प्रतियोगितामा करिब २० बढि टिमको सहभागीता रहने आयोजकले जनाएको छ। विभिन्न जिल्लाबाट सभागिता भलिबल खेल्नका लागि टिम दर्ता भने मेला लाग्ने दिनसम्म गरिसक्नुपर्ने बताइएको छ । रातभर मेला लाग्ने र बिहानबाट भलिबल खेलाइने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार