चितवनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरूको सहभागितामा पहिलो सम्मेलन हुने 

चितवनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरूको सहभागितामा पहिलो सम्मेलन हुने 

चितवन : चितवनमा स्वदेश तथा विदेशका कृषि वैज्ञानिकको पहिलो सम्मेलन हुने भएको छ । पहिलो स्नातक कार्यशाला यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो ।

कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा. ऋषिराम कट्टेलले सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री, वनमन्त्री, कृषिमन्त्री, शिक्षामन्त्री, बागमती प्रदेशका मुख्यमन्त्री, अन्य विश्वविद्यालयका उपकुलपति लगायतको उपस्थिति रहने बताउनु भएकाे छ । 

साथै कृषि विश्वविद्यालयका पूर्वउपकुलपति, रजिष्ट्रार र पदाधिकारीहरुको पनि उपस्थिति रहने उहाँले जानकारी दिनुभयो । एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन, कृषि अनुसन्धान परिषद्, विश्वविद्यालय अनुदान आयोग, कृषि, वन र शिक्षासँग सम्बन्धित अनुसन्धानमूलक संस्थाहरुसहित विभिन्न दातृ निकायका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुनुहुने कट्टेलले बताउनु भयो ।

कट्टेलका अनुसार शिक्षा तथा अनुसन्धानद्वारा कृषिमा रुपान्तरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा विभिन्न विषयमा समूहगत छलफल, विद्यार्थी, प्राध्यापक तथा नीति निर्माताहरु द्वारा कृषि, वन, पशुपालन, भेटेरिनरी र मत्स्यसँग सम्बन्धित अनुसन्धान र त्यसको नतिजासम्बन्धी कार्यपत्र प्रस्तुत गरिने छ ।

साथै जलवायु परिवर्तन र त्यसको वैज्ञानिक व्यवस्थापनसम्बन्धी विशेष कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा जापान, ताइवान, नेदरल्यान्ड र भारतका १० वैज्ञानिकसहित ३ सय भन्दा बढीको सहभागिता रहने कार्यक्रम संयोजक कट्टेलले जानकारी दिनुभयो ।

“विदेशी र स्वदेशी वैज्ञानिकहरुको प्रस्तुतीकरण रहने छ । कार्यक्रमको पहिलो दिन उद्घाटनसँगै समूहगत छलफल थालिने छ”, उहाँले भन्नुभयो, “दोस्रो दिन समूहगत छलफल र प्राविधिक विषयगत प्रस्तुति तथा छलफल गरिने छ ।

अन्तिम दिन प्राविधिक तथा विषयक छलफलका साथै समापन गरिने छ ।” कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक, त्रिभुवन र पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापक, कृषि अनुसन्धानमा सरोकार राख्ने अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि र प्राध्यापकको सहभागिता रहने संयोजक कट्टेलले बताउनु भएकाे छ ।

उहाँका अनुसार यस प्रकारको महत्वपूर्ण सम्मेलन पहिलोपटक गर्न लागिएको हो । यसले नयाँ उपलब्धीहरु को आदानप्रदान गर्ने छ भने अनुसन्धानलाई सहयोग पुग्नेछ । यस किसिमको  महत्वपूर्ण सम्मेलन पहिलोपटक चितवनमा गर्न लागिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले  जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार