नेपालमा पहिलो अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन हुँदै

आयुर्वेद
प्रतिकारात्मक तस्बिर

आयुर्वेद मेडिकल डेभेलोप्मेन्ट एण्ड रिसर्च फाउण्डेशनको आयोजनामा नेपालमा ‘पहिलो अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी २०२३’ हुने भएको छ । यही मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त सम्मेलन एवं प्रदर्शनी हुने भएको हो ।

आयोजक संस्था एएमडिआरएफ आयुर्वेद चिकित्सा विधाको सर्वाङ्ग विकासमा लागिपरेको संस्था हो । यस संस्थाले आयुर्वेदको चिकित्सिय गुण समाज समक्ष पस्कन रक्तदान, स्वास्थ्य शिविर तथा विभिन्न सचेतनामूलक कार्यक्रम र क्रियाकलापहरु गर्दै आएको छ ।

नेपालको इतिहासमा आयुर्वेद क्षेत्रमा योगदान पुर्याउने राष्ट्रिय अन्तराष्ट्रिय आयुर्वेदका हस्तीलाई सम्मान कार्यक्रम आयोजना यस संस्थाले गरेको छ । उपराष्ट्रपति तथा काठमाण्डौँ महानगरपालिका प्रमुखको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । युवा अनुसन्धानकर्ता र उद्यमी पनि यस अवार्ड सेरेमोनीमा सम्मानित भएका थिए । कार्यक्रममा आफ्नो संस्थाको सूचनामूलक पत्रिकाको पनि विमोचन भएको थियो ।

यस वर्षको सम्मेलनको मूल नारा ‘कृत्रिम बुद्धिमताको युगमा आयुर्वेद जीवनशैली प्राप्त गर्नु’ रहेको छ । आयुर्वेद सिद्धान्तले रोगको उपचारमात्रलाई प्राथमिकतामा नराखेर स्वास्थ्य राम्रो राख्ने र दीर्घायु बनाउनेलाई पनि प्राथमिकतामा राख्छ । यस कार्यक्रमबाट हाम्रो शारीरिक,मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी ज्ञान हासिल हुने आयोजकको दाबी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार