सर्ट भिडियो प्लेटफर्म टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

सर्ट भिडियो प्लेटफर्म टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक

काठमाडौं : सर्ट भिडियो प्लेटफर्म टिकटकजस्तै नेपाली एप ‘रमाइलो’ सार्वजनिक भएको छ। आईडिया जार डिजिटल कम्पनीले नेपालमा यो एप सार्वजनिक गरेको हो।

नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील यो कम्पनीले सो एपमा टिकटक जस्तै भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाईक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत दिएको छ।

कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

पछिल्लो समय सामाजिक सञ्जालहरूका छोटो भिडियो अपलोड गर्ने प्लेटफर्महरूले लोकप्रियता पाइरहेको बेला नेपाली एप सार्वजनिक भएको हो।

टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यो एप सार्वजनिक गरेको हो।

सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ। सरकारले सामाजिक सद्भावमा खलल पुर्याएको भन्दै टिकटक प्रतिबन्ध गरेको हो।

यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले बनाएको छ ।

गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ‘कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ ।

नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ।

यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ । केही दिनमा आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

डाउनलोड गर्न चाहनु हुन्छ लिङ्कमा क्लिक गर्नुहोस् ।

https://play.google.com/store/apps/details?id=com.ramailoapp.ideajar

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार