पुर्चौंडीमा बुधबार र बिहीबार स्थानीय बिदा

पुर्चौडी नगरपालिका,बैतडी

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकाले बुधबार र बिहीबार नगर क्षेत्रभित्र स्थानीय बिदा दिएको छ । पुर्चौंडी नगरपालिका–१ हाटस्थित प्रसिद्ध त्रिवेणी राताशिला धाममा गिरेगडा कफलखाना जात्रा लाग्ने भएकाले बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

पुर्चौंडी क्षेत्रको मुख्य जात्राको रुपमा रहेको कफलखाना गिरेगडा जात्रामा स्थानीयहरुका साथै अन्यत्रका दर्शनार्थीहरु समेत आउने भएकाले दुई दिन सार्वजनिक बिदा दिइएको हाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार