सेती प्रादेशिक अस्पतालको चमेना गृह सहितका तीन वटा होटलबाट बासी खानेकुरा बरामद

सेती प्रादेशिक अस्पतालको चमेना गृह सहितका तीन वटा होटलबाट बासी खानेकुरा बरामद

धनगढी : सेती प्रादेशिक अस्पतालको चमेना गृहसहितका तीन वटा होटलबाट बासी खानेकुरा बरामद गरिएको छ । धनगढी उपमहानगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले सोमवार अनुगमनका क्रममा अस्पताल परिसरको चमेना गृहसहित थप दुई होटेलबाट बासी र अखाद्य खाना बरामद गरी नष्ट गरिएको जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार सेती अस्पताल परिसरमा रहेको खाना तथा नास्ता पसल, भूमिराज होटेल र डडेल्धुरा होटेलमा अखाद्य बस्तु बरामद गरेको बजार अनुगमन समितिका संयोजक टेकराज भट्टले बताए ।

अस्पताल परिसरको चमेना गृह अर्थात् खाना तथा नास्ता पसलबाट बिग्रिएको मस्म ४०, मुसाले खाएको चाउचाउ तीन प्याकेट, बासी समोसा तीन वटा र रङ्ग प्रयोग गरेको कुखुराको मासु तीन केजी बरामद गरिएको बजार अनुगमन समितिका संयोजक भट्टले जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालको चमेना गृह सहितका तीन वटा होटलबाट बासी खानेकुरा बरामद

चमेना गृह अर्थात् खाना तथा नास्ता पसलमा सात दिन भित्र भान्सा र भाडा धुने ठाउँ अलग(अलग बनाउन र माछा, मासु तथा तरकारी भण्डारण गर्ने फ्रिजरडिप फ्रिज छुट्‍टाछुट्‍टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

यस्तै, भूमिराज होटलबाट बासी समोसा ११ वटा, २ थाली बासी भात, कुखुराको बासी मासु ५०० ग्राम,बासी रोस्ट ५०० ग्राम बरामद गरेको भट्टले बताए ।

यसैगरी, डडेलधुरा होटेलबाट रङ्ग प्रयोग गरेको चाउमिन ५०० ग्राम, बासी समोसा २० वटा र सेमी ५०० ग्राम बरामद गरेको भट्टले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार