दुर्गा प्रसाईं निवास परिसरमा स्पेसल टाक्स फोर्सः भन्छन्, ‘सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जान्छु’

तीनकुनेबाट दुर्गा प्रसाईं समर्थक २६ जना पक्राउ

दुर्गा प्रसाईं निवास परिसरमा स्पेसल टाक्स फोर्सः भन्छन्, 'सबैलाई लिएर प्रचण्ड र ओलीको घर घेर्न जान्छु'

भक्तपुर :  मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईँको भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टाक्स फोर्स परिचालन गरिएको छ । 

आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पनि उनलाई प्रहरीले निगरानीमा राखेको हो । आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो । प्रसाईंले आफू होम एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिए पनि देशभर प्रदर्शन हुने बताए । 

दुर्गा प्रसाईंले आन्दोलनकारीलाई लिएर नेताहरूको घरमा जाने बताएका छन् । हिजोदेखि ‘व्यवस्था विरोधी’ आन्दोलन सुरु गरेका प्रसाईंले दुखित चेलिबेटीहरूलाई लिएर घर घेराउ गर्ने बताएका हुन् ।

‘अब यी चेलिबेटीसहित म प्रचण्ड र ओलीको घर घेर्न जान्छु,’ प्रसाईंले भने, ‘अब उनीहरूले उहाँहरूको जिम्मा लिनुपर्नेछ ।’ 

उनले काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदाय पनि आन्दोलनमा आउनुपर्ने उनले बताएका छन् ।

‘आज यो आन्दोलनमा तपाईंहरू आउनु भएन भने भोलि तपाईंहरूको धनीपुर्जा पनि हुन्न् ।’ 

दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । प्रसाईंले प्रदर्शन स्थल घोषणा गरेको काठमाडौँको तीनकुनेबाट अहिलेसम्म २६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार