नेपालमा पहिलो पटक हुन लागेको डेउडा आइडलको तयारी तिब्र

नेपालमा पहिलो पटक हुन लागेको डेउडा आइडलको तयारी तिब्र

धनगढी : नेपालमा पहिलो पटक हुन लागेको डेउडा आइडलको तयारी तिब्र पारिएको छ । देउडा साँस्कृतिक मञ्च नेपालले आयोजना गर्न लागेको डेउडा आइडल–२०८० को तयारी तिब्र पारिएको हो ।

मञ्चले आइडल सञ्चालनका लागि प्रदेश,जिल्ला र स्थानीय तहमा संयोजन समिति गठन गर्न लागेको छ । मञ्चले आइतबार धनगढीमा आयोजना गरेको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा युवराज न्यौपानेको संयोजकत्वमा लालबहादुर धामी,नरेन्द्र ढुंगाना,प्रेम चन्द,राकेश बुढा सदस्य रहने गरी सुदूरपश्चिम प्रदेश संयोजन समिति गठन गरेको छ । त्यस्तै जिल्लामा संयोजनका लागि संयोजक तोकेको छ ।

मञ्चले दार्चुलामा महेन्द्र बडू, बैतडीमा सीपी लोहिया,बाजुरामा हर्क कठायत,डडेल्धुरामा लोकेन्द्र ओझा,कञ्चनपुरमा दुर्गा जोशी भट्ट,डोटीमा तेज डुम्रेल,बझाङमा कटक नेपाली र अछाममा राकेश बुढा संयोजक तोकेको छ । कर्णालीमा पनि छिट्टै संयोजन समिति गठन गरेर काम अघि बढाइने जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको खस संस्कृतिको संगीतबद्ध संस्कृति देउडा संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि सबैले लाग्नुपर्ने बताए । उनले भने ‘खस संस्कृति मूल पहिचान भनेको डेउडा हो यसलाई जोगाउन सबै लाग्नु पर्छ’ । आइडल सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे । उनले भने ‘राजनैतिक रुपमा समन्वयको क्षेत्रमा मैले गर्ने सहयोगमा कमी हुँदैन्’ ।

डेउडा साँस्कृति मञ्चका अध्यक्ष तथा डेउडा गायक महेशकुमार औजीले डेउडा संस्कृतिलाई देश विदेशमा चिनाउन डेउडा आइडल आयोजना गर्न लागिएको बताए । उनले भने ‘हाम्रो उदेश्य लुकेर रहेका प्रतिभाको उजागर गरी डेउडा गायन क्षेत्रबाट देश विदेशमा पहिचान दिलाउने हो’ । उनले थपे ‘आइडलबाट देश विदेशमा डेउडा संस्कृति झल्किन्छ’ ।

डेउडा आइडलका समन्वय संयोजक रमेश कोइरालाले सुदूरपश्चिममा डेउडा आइडलको पालिका स्तरीय छनोट पुस महिना भित्र गरिसक्ने बताए । त्यस्तै पालिका स्तरमा संयोजन समिति गठनको काम १ हप्ता भित्र सक्ने गरी लागिएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार