विराज भट्ट एक्सन फिल्म ‘१२ गाउँ’ बनाउँदै

विराज भट्ट एक्सन फिल्म ‘१२ गाउँ’ बनाउँदै

काठमाडौं : अभिनेता विराज भट्टले आफ्नै निर्माण तथा निर्देशन हुने नयाँ फिल्मको घोषणा गरेका छन् । उनले केही महिनाअघि नै चलचित्र विकास बोर्डमा ‘१२ गाउँ’ शीर्षकमा फिल्म दर्ता गरेका थिए ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यही फिल्मको घोषणा गरे । फिल्मको टाइटल लोगो सार्वजनिक गर्दै उनले विराट भट्ट प्रोडक्सनको ब्यानरमा बन्ने यो फिल्म एक्सन-थ्रिलर हुने उल्लेख गरेका छन् ।

२०७६ सालमा रिलिज भएको फिल्म ‘साङ्लो’ उनले निर्माण तथा निर्देशन गरेको पहिलो फिल्म थियो । नेपाली र भोजपुरी भाषाका फिल्ममा एक्सन शैलीका फिल्ममा देखिंदै आएका विराजले सोही जनरामा यो फिल्म बनाउन लागेका हुन् ।

फिल्मबारे विस्तृत बताइएको छैन तर शीर्ष भूमिकामा विराज स्वयंले अभिनय गर्नेछन् । सन् २०२४ मा रिलिजको लक्ष्य राखिएको फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । भट्टले यो फिल्मलाई आफ्नो करिअरकै महत्वाकांक्षी प्रोजेक्टको रुपमा समेत व्याख्या गरेका छन् ।

विराजले फिल्म करिअरमा ७० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । २०५८ सालमा रिलिज भएको ‘खुकुरी’ अभिनेताको रुपमा उनको डेब्यु फिल्म थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार