निःशुल्क औषधी तथा पशु आहारा सहयोगमा जुट्दै पशु कल्याण धनगढी 

निःशुल्क औषधी तथा पशु आहारा सहयोगमा जुट्दै पशु कल्याण धनगढी

धनगढी : पशु कल्याण धनगढी समितीले कैलालीको भजनीमा निशुल्क औषधी तथा पशु आहारा सहयोग गरेको छ। शनिवार पशु कल्याण धनगढी समिती र महुन्याल बहुमुखी क्याम्पस भजनीको आयोजनामा महुन्याल सामुदायीक पशु ब्यवस्थापन गौशाला समिती भजनी–१ मा निशुल्क औषधी तथा पशु आहारा सहयोग गरिएको हो।धनगढीका तारा ओझा,नवराज ओझा, केशव ओझाको सहयोग रहेको हो ।

भजनी नगरपालिका १ मा रहेको गौसालामा गरिएको निशुल्क औषधी तथा पशु आहारा सहयोग कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, नगरपालिकाका प्रवत्ता बिक्रम चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष टंक प्रसाद जोशी लगायत पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज अवस्थी, एन आइ सि एशिया बैँकब धनगढीका सदस्यहरु तारा ओझा, नवराज ओझा, किरण पाल,पशुकल्याण संघ सदस्य उमेश जोशी, बिरेन्द्र गिरी लगायतको उपस्थीती रहेको थियो।

कार्यक्रमको संचालन महुन्याल बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख खगेन्द्र राज पन्तले गरेका थिए । यस्तै कार्यक्रममा सहभागीहरुले गौ सेवाको महत्वबारे बोलेका थिए । उक्त कार्यक्रममा पशु कल्याण संघबाट पशुका लागी १ क्वीन्टल बरान, केरा र औषधी, भिटामिन, घाँटीमा बाँध्ने बेल्ट गौसालाका अध्यक्ष र नगर प्रमुखलाई हस्तान्तरण गरिएको हो ।

यस्तै टंक प्रसाद जोशीका तर्फबाट १ ट्रली पराल, उप प्राध्यापक इनु शाहीबाट १ ट्रली पराल,राम शंकर डगौराबाट रु १ हजार ५, खगेन्द्र पन्तबाट ५ सय, चित्र बहादुर बिकबाट १० पाकेट नुन, किरण पालबाट ५० किलो गहुँ प्रदान गरिएको छ । पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज (यस्पाल )अवस्थीले समय समयमा विभिन्न ठाँउ तथा सडकमा छाडिएका गाईहरुको उपचार सहित आहारा खुवाउने कार्यक्रम राख्दै आएको बताएका छन्। साथै कार्यक्रममा उपस्थीती जनाउने सम्पुर्णमा हार्दिक धन्यवाद ब्यक्त गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार