प्रिन्सी खतिवडा अभिनीत हिन्दी गीत युट्युब ट्रेन्डिङमा

प्रिन्सी खतिवडा अभिनीत हिन्दी गीत युट्युब ट्रेन्डिङमा

टिकटकबाट चर्चामा आएकी प्रिन्सी खतिवडा हिन्दी गीतमा देखिएकी छन्। ‘जान देंगे तुम्हे’ बोलको गीतमा उनले मोडलिङ गरेकी हुन्। यो गीत युट्युब ट्रेन्डिङको म्युजिकतर्फ ८ नम्बरमा छ।

यो समाचार तयार पार्दा ३६ लाखबढी भ्युज पाएको छ। गीतको भिडिओमा प्रिन्सीसँग लक्ष्य कपूरलाई देख्न सकिन्छ। लक्ष्य कपूरकै स्वर रहेको गीतमा सावेरी वर्माको शब्द र मुकुन्द सूर्यवंशीको संगीत छ। गीतलाई जोमिन वर्गिसले निर्देशन गरेका हुन्।

विन्सटन जेसले छायांकन गरेको गीतलाई कृणाल मालीले सम्पादन गरेका हुन्। यो गीत टी-सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार