SKIP THIS

S.P.A  Collage

हिमपात पछि कतै खुशी, कतै दुःख !

मनाङ मा हिमपात

काठमाडौं : आईतबार रातिदेखि परेको अविरल वर्षाका कारण मुगु जिल्ला लगायत हिमाली जिल्लामा हिमपात भएको छ भने जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमानस्थल बन्द भएको छ ।

यद्यपि, हिँउ परेपछि स्थानिय कृषकहरु भने निकै खुसी भएका छन् । मुगु जिल्लाका मुगमकामारोङ गाउँपालिकामा रहेका मुगु, डोल्फु, किम, मह, दाउरा, सेरोक बस्ति ,सोरु गाँउपालिकाको सोरुकोट, धैन, कालै, खनार्या, रुम, खत्याड गाउँपालिकाको खमाले, सेरि, श्रीकोट, लुमेरा लगायतका बस्तीहरुमा हिउँ परेको छ भने छायाँनाथ रारा नगरपालिकाको बाम, थार्प, पिना ताल्चा, तुुम, रोवा, सोभालगाइतका बस्तीहरुमा बाक्लो हिमपात परेको छ ।

गत वर्ष भन्दा यो वर्ष मुगुमा हिउँ–पानी छिटो परेको हो । हिउँ–पानी पर्दा स्थानीय मुगाली कृषकहरू हिउँदे बाली जौ, गहुँ, उवालगायत अन्य बालीको उत्पादन राम्रो हुने हुन्छ भन्दै अन्य बालिमा र अन्य मानवमा लाग्ने विभिन्न किसिमका रोगहरु कम हुने भन्दै निकै कुसी भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १ छत्याडबाट शिला मल्लले बताएकी छिन् ।

हिउँ पर्दा स्थानिय कृषकहरु खुसी भएका छन् भने गाँउघरमा बुढा बुढीहरु, बालबच्चाहरु पशुचौपायहरुलाई चरि चराउन गर्दा निकै समस्या भएको छ भर्नेहिउँ पर्दा आज सोमवार जिल्ला रहेका धेरै जसो सामुदायिक विद्यालय र निजी विद्यालय चिसोका कारण बन्द भएका छन् ।

जिल्लामा रहेका सरकारी कार्यलयहरुमा समेत सेवा लिनेहरुलाई समस्या भएको स्थानिय नागरिक अगुवा चित्रबहादुर मल्लले बताएका छन् ।

हिउ पर्दा निकै चिसो बढेको छ । आईतबार राति भएको हिमपातका कारण जिल्लाको एकमात्र ताल्चा विमानस्थलमा सेवा बन्द भएको हुँदा सुर्खेत, नेपालगन्ज र काठमाडौं जाने सयौं यात्रु अलपत्र परेका छन् ।

कर्णाली प्रदेशका मुगु, जुम्ला, कालीकोट, डोल्पा, हुम्ला, जाजरकोट, दैलेख लगायतका जिल्लाहरुमा भारी हिमपात भएको छ भने अन्य जिल्लाहरुमा पानी परेको छ ।

भारी हिमपात परे पनि मानवी क्षती नभएको तर अचानक बढेको चिसोले जनजीवन प्रभावित भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले बताएका छन् ।

यता, नेपालको सुन्दर अनि ठूलो पर्यटकको केन्द्र रारा ताल अथार्त महेन्द्र ताल गए रातिदेखि परेको हिमापातले चाँदीले घेरेको जस्तो सेताम्मे देखिएको छ । रारा घुम्न आएका पर्यटकहरु हिमपात र पानी पर्नाले हवाइ र स्थलमार्ग बन्द हुन सक्ने भन्दै बिहानै राराबाट घरतर्फ जान हतार हतार गरेको रारा राष्ट्रिय निकुन्जका रेन्जर हिमाली खत्रीले बताएकी छिन् ।

जिल्लाका अन्य क्षेत्र बुलबुले, सात ताल, दुध ताल, चङखेली, बाम, रिणिमोऋ, खेस्मालिका, सोरुकोटमा पनि हिउँ पर्न थालेको छ । सदरमुकाम गमगढीमा पानी पर्न थालेको छ । बढी पानी र हिउँ परेपछि सडक अवरुद्ध भएर दैनिक उपभोग्यवस्तु र निर्माण सामग्रीबीच बाटोमा थन्किने हो की भन्ने व्यापारीहरुमा पिरलो शुरु भएको मुगु उद्योग बाणिज्य संघका अध्यक्ष कमल बुढाले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार