सीमा स्तम्भ मर्मत तथा रङ रोगन गर्न सुरु

सीमा स्तम्भ मर्मत तथा रङ रोगन गर्न सुरु

धनगढी : कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । यस अघी भारतिय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ ।

नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन शुरु गरेको हो । सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ९ बङ्गग्राकटान स्थित ७४९/१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो । 

कञ्चनपुरमा भने पुनर्वास नगरपालिकाको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको सशस्त्र प्रहरी नायब महानिरिक्षक न्यौपानेले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार