पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक

पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक

काठमाडौं : अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदर्शन मिति तय नभएको फिल्मको फस्टलुकमा शर्माको एक्सन अवतारलाई प्रस्तुत गरिएको छ ।

फस्टलुकमा पूजाले मेसिन–गन बोकेकी छिन् । लभ स्टोरी फिल्ममा जमिरहेकी पूजाको यो परिवर्तनले उनका दर्शकलाई उत्साहित बनाउने पक्का छ । रुपेश तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा देव मगर र अनुप गडालको लगानी छ ।

पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बू, पन्चबहादुर तामाङ, श्रवणकुमार श्रेष्ठ सहनिर्माता हुन् । यो फिल्ममा सञ्जोग रानाको संवाद, हरि लामा ‘घले’को छायांकन, बन्दे प्रसादको सम्पादन, अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ ।

नवराज शर्मा मुख्य सहायक निर्देशक रहेको फिल्मका प्रोडक्सन हेड नेत्र बिष्ट हुन् । सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ । निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन् ।

यो फिल्मको टिजर केही हप्तामा नै सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ । फिल्मको प्रदर्शन मिति पनि टिजरसँगै सार्वजनिक गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार