नवराज विक सहित ६ जनाको हत्या घटनामा दोषी ठहर भएकामध्ये २४ जनालाई जन्मकैदको सजाय

नवराज विक सहित ६ जनाको हत्या घटनामा दोषी ठहर भएकामध्ये २४ जनालाई जन्मकैदको सजाय सुनाof]

जिल्ला अदालत रुकुम पश्चिमले नवराज विक सहित ६ जनाको हत्या घटनामा दोषी ठहर भएकामध्ये २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

तीन वर्ष पहिले रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा पुगेका नवराज र उनका पाँच जना साथीहरूको सामूहिक हत्या भएको अदालतको ठहर छ। जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासले मंगलबार २४ जनालाई जन्मकैद र दुई जनालाई जातीय छुवाछूतमा सजाय गर्ने फैसला गरेको हो।

त्यस्तै, परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) र  परिवर्तित नाम ५४ रुकूम पश्चिम (३६)२ भने जातीय छुवाछूत सम्बन्धी कसूरमा मात्रै दोषी ठहर भएको अदालतले जनाएको छ। आरोपीमध्ये आठ जनाले भने सफाइ पाएका छन्।

जन्मकैद
१ डम्बरबहादुर मल्ल
२ डिल्ली मल्ल ठकुरी
३ प्रेमबहादुर ठकुरी
४ सन्तोष मल्ल
५ मोहन पुन मगर
६ मानबहादुर मल्ल
७ टोपबहादुर मल्ल
८ सविन पुन
९ तिलक चन्द
१० इर्द (इन्द्र)बहादुर ठकुरी
११ लिपेन्दकुमार मल्ल
१२ हर्कबहादुर मल्ल
१३ विनोद मल्ल
१४ नेत्रबहादुर मल्ल
१५ रेशमबहादुर मल्ल
१६ धनाराज राना
१७ नवीनकुमार घर्ती मगर
१८ विराज पुन मगर
१९ भीमबहादुर पुन
२० रमित पुन मगर
२१ विष्णु मल्ल
२२ परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)१
२३ परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६)३
२४ परिवर्तित नाम ५४ रुकुम पश्चिम (३९)

सफाइ
१ तुलाराम घर्ती
२ डिल्ली घर्ती
३ लोकेन्द्र (क्यापे) घर्ती
४ सौरभ पुन
५ भीमबहादुर बुढा
६ इन्द्रबहादुर मल्ल
७ तु्लबहादुर मल्ल
८ दीपेन्द्र चन्द

-हिमालखबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार