जोशी परिवारका सदस्यद्वारा विपिनको रिहाइका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष भेटेरै आग्रह

जोशी परिवारका सदस्यद्वारा विपिनको रिहाइका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष भेटेरै आग्रह

धनगढी : हमास समूहले इजरायलमा गरेको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको परिवारका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। 

पार्टी प्रशिक्षण तथा सुदूरपश्चिम महोत्सव उद्‌घाटनका लागि शुक्रबार धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डसँग विपिनको परिवारका सदस्यले धनगढी विमानस्थलमै पुगेर भेटेका हुन्। भेटका क्रममा परिवारका सदस्यले विपिनको खोजी तथा रिहाइका लागि आग्रह गरेका थिए। 

जवाफमा प्रधानमन्त्री प्रचण्डले विपिनको रिहाइका लागि सरकारका सबै संयन्त्रहरु परिचालन गरिएको बताएका छन्।  जोशी परिवारले यसअघि विपिनको रिहाइको पहल गरिदिन भन्दै परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटेर आग्रह गरेको थियो। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार