दाहाल-‘मलाई बडो नमिठो लाग्यो‘, हमाल-‘खै त सुदूरपश्चिममा विकास ?’

दाहाल-‘मलाई बडो नमिठो लाग्यो‘, हमाल-‘खै त सुदूरपश्चिममा विकास ?’

धनगढी : प्रधानमन्त्री एवं नेकपा माअ‍ोवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सव २०८० उद्घाटन गर्नु पूर्व धनगढी उप-महानगरपालिका १६ स्थित थारु होमस्टे गाउँ भादा पुगे । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँग माअ‍ोवादी विशेष रूपान्तरण अभियान अन्तरगत प्रचण्ड त्यहाँ पुगेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई धनगढी आइरहँदा नमिठो अनुभूति भएको बताए । प्रधानमन्त्री प्रचण्ड स्वयमले यसो भन्दै गर्दा यहाँका केही नागरिकले स्वतन्त्र उम्मेदवारले उपमहानगर हाँकिरहँदा केही राजनीतिक रस सहितको कटाक्षका प्रयोग गरेको बुझे भने कतिले जनतालाई सान्त्वना दिन खोजेको जस्तो पनि ।

‘धनगढीबाट आउँदै गर्दा मलाई बडो नमिठो लाग्यो । पिच जस्तो पनि ग्राभेल जस्तो पनि बिच–बिचमा ठुलठुला रुख पनि छन् । बाटो सीधा जान सकेको पनि छैन । वनको समस्या जटिल समस्या रहेको मैले प्रत्यक्ष भोगे, त्यहाँबाट यहाँ आउँदा दुइटा पुल, एउटा निर्माण भइसकेको पुल र एउटा बन्दै गरेको पुल मैले आफ्नै आँखाले प्रत्यक्ष देख । बन्दै गरेको पुल टेण्डर भएर पनि वर्षौसम्म बन्न नसकेको पाए । अहिले पनि बजेट थोरै परेर बन्न नसकेको पुलसँग सम्बन्धित अधिकारीहरूले बताइसक्नु भएको छ । तपाईँको वडामा मैले आउनुको अर्थ मैले केही न केही गर्नै पर्छ । पुलमा बजेटको कमी हुने दिने छैन र निर्माण कम्पनीलाई त्यही अनुसार निर्देशन पनि हुनेछ ।’

प्रधानमन्त्री प्रचण्डले भने,

यस्तै, आजकै दिन धनगढीका मेयर गोपाल हमालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष धनगढी र सिङ्गो सुदूरपश्चिमको विकाशका निम्ति माग गरेका छन् । हमालले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई आफैँले महोत्सवमै दिएको आश्वासन स्मरण गराएका हुन् ।

‘केही वर्ष पहिले यही महोत्सव उद्घाटन गर्न आउँदा अबको विकास सुदूरपश्चिम केन्द्रीय हुन्छ भन्नू भएको थियो, खै त सुदूरपश्चिममा विकास, गेटाको अवस्था उस्तै, औद्योगिक क्षेत्र त्यस्तै कहिले पाउँछ सुदूरपश्चिमले विकास ?’

हमालले भने,

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार