कैलालीको पवेरामा निःशुल्क दन्त शिविर, दुई सय जना लाभान्वित

कैलालीको पवेरामा निःशुल्क दन्त शिविर, दुई सय जना लाभान्वित
निःशुल्क दन्त शिविर

धनगढी : कैलालीकाे कैलारी गाउपालिका पवेरा स्थीत स्वास्थ्य चौकीमा निशुल्क दन्त शिविर सम्पन्न भएकाे छ । शुक्रवार सन्जिवनी डेन्टल केयरको आयोजना र Leo Club of Dhangadhi Health and medicos को संयोजनमा दन्त शिविर सम्पन्न भएकाे हाे ।

उक्त शिविरमा १५० जना विरामीको निशुल्क दात, मुख जिगा सम्बन्धी समस्याको चेकजाँचहुनुका साथै निशुल्क औषधि वितरण समेत गरिएकाे छ ।

दात तथा मुख स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने र अत्यावश्यक उपचार हरु क्याम्पमै निशुल्क रुपमा गर्ने उदेश्यका साथ धनगढी सन्जिबनी डेन्टल केयरले आयोजना गरेको दन्त शिविरबार सोध पुछ तथा चेकजाँच गराउने सबै गरी २०० जना लाभान्वित भएका छन् ।

दन्त रोग विशेषज्ञ चिकित्सक डा. अमृत राज जैशी र डा. अनिल यादवले उक्त दन्त शिविरमा आएका सबै बिरामीगरुको मुख तथा गिजाको चेक जाँच गर्नुका साथै निशुल्क रुपमा औषधी बितरण र ३० जनाको दाँत निकाल्ने अनि अवश्यकता अनुसार कसैलाइ थप उपचारको निम्ति उपयुक्त स्थानमा रिफर गर्ने कार्य गरेका थीए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार