बाबुल गिरिको स्वर, संगित रहेको ‘वाह वाह वाह’ गित चर्चामा (भिडियो सहित)

बाबुल गिरिको स्वर, संगित रहेको ‘वाह वाह वाह’ गित चर्चामा (भिडियो सहित)

गायक तथा संगितकार बाबुल गिरिको स्वर र संगित रहेको  ‘वाह वाह वाह’ गितले एक महिनामा  तीस लाख बढि भ्युज पाएको छ । अभिनेत्री रेखा थापाको ‘उपहार’ फिल्मको यो  पहिलो गीत हो ।  शंकर अधिकारी (घायल)को शब्द रहेको गीतमा संगीतकार गिरी र गायिका एलिना चौहानको स्वर रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेत्री थापासँग अभिनेता मुकुन भुषालले जोडी बाँधेर नाचेको देख्न सकिन्छ भने पूजा शर्माले डेब्यू अभिनेता समर्पण जंग कार्कीले कम्मर मर्काएका छन् । यस्तै,अभिनेत्री बेनिशा हमालसँग तेज गिरी रोमान्टिक मुडमा देखिएका छन् ।

रेखा फिल्मस् र कपनगढी सिनेमाको ब्यानरमा निर्माण भएको सिनेमालाई  ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सिनेमा फागुन २५ गते रिलिज हुँदैछ ।

सुलभ प्रतिक देउना र समीक्षा देउजा निनर्माता रहेको सिनेमाका कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् । सिनेमामा शिशिर राणा, सुष्मा कार्की, अंशु महर्जन, शोब्रस घिमिरे ढुकुरे, आशा भुषाल, विनोद कुमार पौडेल, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतका कलाकारको अभिनय रहेकको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार