किन हुन्छन् कञ्चनपुरका उखु किसानहरु आन्दोलित हुन बाध्य

किन हुन्छन् कञ्चनपुरका उखु किसानहरु आन्दोलित हुन बाध्य

कञ्चनपुर : कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरस्थित महाकाली सुगर मिल पुगेका किसानहरु आन्दोलित भएका छ्न् । उखु काटिसकेपछि स्थानीय किसानहरुलाई पर्ची नदिएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

बिना पर्ची उखु मिलमा ल्याउनेको ट्रली मिलले साइड राख्दा विवाद उतपन्न भएको हो । काटेको उखु खेतमा सुकिरहेको तर मिलले पर्ची दिन ढिलाइ गरिरहेको किसानहरुले बताएका छन् । सिमावर्ती क्षेत्रबाट उखु नेपाल भित्रने गरेको र स्थानीय किसानहरुलाई पर्ची नदिई व्यापारीहरुलाई पर्ची दिएको उनीहरुको आरोप छ ।

महाकाली उखु मिलमा अहिले उखु तौल भइरहेको छैन । किसान आन्दोलित भएपछि प्रहरी चौकी भुडाबाट प्रहरी खटिएको छ । उखु मिलले आज र भोलि किसानका नाममा पर्ची नकाट्ने जनाएपछि पर्ची बिना उखु लिएका उखु किसानलाई बाहिर लगाइएको थियो । मिल बाहिर सयौँ ट्रली हुँदा सडकमा जाम लागेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार