स्वास्थ्यमा कालासूचीका कम्पनीको आतंक

स्वास्थ्य मन्त्रालय

काठमाडौँ : कतै पनि दर्ता नभएको र आफूलाई स्वास्थ्य व्यवसायी संघ प्रमुख भएको दाबी गर्ने केही व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा आतंक फैलाउन थालेका छन् । 

स्वास्थ्य क्षेत्रमा ठेक्कापट्टाको काम गर्ने केही व्यवसायीहरूले खरिदमा आफूहरूलाई ठेक्का नदिए देखाइदिने भन्दै थर्काउने, धम्क्याउने र कर्मचारीलाई कालोमोसोसमेत दल्ने भन्दै आतंक फैलाउन थालेका हुन् । 

विश्व बैँक लगायतका विदेशी नियोगले कालोसूूचीमा राखेका कम्पनीका साझेदारहरूले स्वास्थ्य क्षेत्रलाई आतंक फैलाएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतले बताएअनुसार स्वास्थ्य व्यवसायी संघको नाममा ती व्यक्तिहरूले स्वास्थ्य क्षेत्रमा आतंक मच्चाइरहेका छन् । 

स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा टेन्डर हालेर नक्कली डकुमेन्ट पेश गरेको र सामान खराब ल्याएको प्रमाणका आधारमा आफूलाई स्वास्थ्य व्यवसायी संघको अध्यक्ष बताउने नवराज बस्नेत र नेशनल बायोमेडिकल सप्लायर्स दुवैलाई विश्व बैंकले कालोसूचीमा राखेको छ । 

कर्मचारीलाई धम्क्याएको भरमा ठेक्का पाइन्छ भन्ने गलत मनसायले अगाडि बढेका उनीहरूले सप्लायर्सले स्वास्थ्य क्षेत्रका नियमित खरिद प्रक्रियालाईसमेत असर पार्दै आएका छन् । 

आफूले नपाए अरुलाई पर्न नदिने भन्दै उनीहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमासमेत उजुरी गर्ने र कारबाही गर्नुपर्यो भन्दै कार्यालयमा धाउने गरेका छन् । उनीहरूले कतिपय सन्दर्भमा अख्तियारका अधिकारीहरूको नामसमेत लिने गरेका छन् । 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीले नवराज बस्नेत र नारायण कार्की स्वास्थ्य प्रणाली सुदृढीकरण अभियानमा अवरोध गर्ने व्यक्तिहरू भएको दाबी गरे । 

कार्कीलाई विशेष उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न लाग्दा गल्ती नदोहोर्याउने सर्तमा छाडिएको थियो । 

बीचमा केही समय उनी हराए पनि पछिल्लो समय फेरि विभिन्न प्रदेश र अस्पतालका प्रमुखहरूलाई धम्याउने गरेका थिए । 

विश्व बैंकको कालोसूचीमा परेका कारण बस्नेत विश्व बैंककै खरिद प्रभावित बनाउन लागेको अधिकारीहरू बताउँछन् । 

स्वास्थ्य क्षेत्रमा हुने खरिद सम्बन्धी परेका उजुरीहरूमध्ये ८० प्रतिशत उजुरी उनीहरूले नै हाल्ने गरेको स्रोतको दाबी छ । 

विश्व बैंकले बस्नेत सञ्चालक रहेको नेशनल बायोमेडिकल सप्लायर्सलाई १० अप्रिल २०१८ देखि ०९ अप्रिल २०२४ सम्म खरिद नियम अनुसार कालोसूचीमा राखिएको छ । 

त्यस्तै नवराज बस्नेतलाईसमेत विश्व बैंकले १० अप्रिल २०१८ देखि निरन्तर कालोसूचीमा राखेको जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार स्वास्थ्य व्यवसायी संघका अध्यक्ष र उनका व्यवसायी साझेदार नवराज श्रेष्ठको नाममा दर्ता रहेको जनमुक्ति हेल्थ इन्टरप्राइजेजबाट प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र हेटौँडामा आर्थिक वर्ष ०७७–०७८ को ठेक्का नम्बर ज्ीःऋ–न्–क्ऋ–ण्ठ–ण्ठठ–ठड उत्पादन नै नभएको कम्पनीको कागज आफैँ बनाई उक्त ठेक्का बजार रेट भन्दा ५ गुणा बढीमा सदर गर्न लगाएको र उक्त ठेक्का सम्झौता पश्चात निजले पेश गरेको कागजपत्र कीर्ते रहेको कार्यालयले थाहा पाई भुक्तानी रोकेको थियो । –हाम्रा कुरा डटकमबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार