के कार्यस्थलको खराब माहोलले मुटु बिगार्न सक्छ ? यस्तो भन्छ अनुसन्धान

मुटु

काठमाडौं : डब्लुएचओको तथ्यांकअनुसार सन् २००० देखि २०२३ सम्म मुटुरोगबाट २५ लाखको मृत्यु भएको छ। अहिले पाका उमेरका मात्र नभइ युवामा समेत मुटुको समस्या बढ्दो देखिएको छ।

एक अमेरिकाको अनुसन्धानले ४० प्रतिशतमा हर्टअट्याक आएको उमेर औसत ४० वर्ष देखाएको छ। यो डरलाग्दो तथ्यांक हो। जसले कुनैपनि उमेरका मानिस मुटुको समस्याबाट टाढा नरहेको देखाउँछ। यसका कारण अनेक हुन सक्छन्। मुख्य कारक बेपर्वाह जीवनशैली र मदिरा तथा सुर्तिजन्य पदार्थको कुलत हुन्। 

हार्वर्ड युनिभर्सिटीले जागिरेहरुको मुटुलाई केन्द्रमा राखेर एक अनुसन्धान गरेका छन्। विशेषगरी बिहान ९ देखि बेलुकी ६ बजेसम्म काम गर्नेहरुलाई लिएर उनीहरुले मुटु १० वर्ष जवान हुने उपाय समेत सुझाएका छन्।  

बेलायतका एक हजार ५ सय २८ जना कामदारमा उक्त अनुसन्धान गरिएको हो। अध्ययन मुटु स्वास्थ्यसँग जोडिएको थियो। जसको कार्यस्थलमा सहज र रमाइलो वातावरण थियो, उनीहरुको मुटु स्वस्थ थियो। राम्रो कार्यस्थलमा काम गर्नेहरुको मुटु उनीहरुको उमेरको तुलनामा ५.३ देखि १० वर्ष जवान पाइएको थियो। 

यसैगरी मुटुको समस्याक भएकाहरुका लागि कार्यस्थलमा राम्रो माहोल दिइएपछि तीव्र सुधार देखिएको थियो। ४५ वर्षमाथिका कामदारको मुटु स्वास्थ्य उनीहरुको काम गर्ने ठाउँको माहोलअनुसार तलमाथि भइरहेको देखिएको थियो। ‘हामीले तनावपूर्ण कार्यस्थल अवस्था र काम-पारिवारिक द्वन्द्वलाई कम गर्यौं। उनीहरुको कामलाई घटाएनौं । कार्यस्थलको खराब माहोललाई केही राम्रो बनाउनेबित्तिकै उनीहरुमा हृदय रोगको जोखिममा कमी आएको पायौं,’ अध्यतामध्येका एकम लिसा बर्कम्यानले भनिन्।

उनीहरूको सिस्टोलिक रक्तचाप, बडी मास इन्डेक्स, ग्लाइकेटेड हेमोग्लोबिन, धुम्रपानको स्थिति,  एचडीएल कोलेस्ट्रोल र कुल कोलेस्ट्रोल अध्ययन गरिएको थियो। अनुसन्धानको सुरुमा र १२ महिना पछिको रेकर्ड गरिएको थियो। शोधकर्ताहरूले प्रत्येक कर्मचारीको लागि कार्डियोमेटाबोलिक जोखिम स्कोर गणना गर्न यसको प्रयोग गरे। उच्च स्कोरहरूले आगामी एकदशक भित्र मुटु रोगको सम्भावित जोखिम संकेत गर्दछ।

यसले कार्यस्थलको राम्रो माहोल र सम्बन्धको सन्तुलनसँग समेत मुटुको सिधा सम्बन्ध रहने देखाएको छ। मुटु स्वास्थ्यका लागि काम गर्ने वातावरणमा समेत ध्यान दिन अनुसन्धानकर्ताहरुले सुझाएका छन्। 

काम गर्ने राम्रो वातावरणको उदाहरणमा परिवारका कारण काममा र कामका कारण परिवारमा समस्या सिर्जना नहुने, आवश्यक परेका बेला बिदा लिन सकिने र कर्मचारीको आपसी सम्बन्ध सुमधुर रहनु जस्ता कुरा समेटिएका छन्।

काम गर्ने वातावरण खराब हुँदा असामयिक मृत्युको जोखिम ३० प्रतिशत बढ्ने पनि अध्ययनले दर्शाएको छ। यस्तो कार्यक्षेत्रका कामदार बिरामी पनि बढी पर्ने उल्लेख गरिएको छ। संसारका १२ ठूला कार्यस्थलमा गरिएको अर्को अनुसन्धानमा १३ प्रतिशत कामदार राम्रो कार्यस्थलका लागि ११ प्रतिशत तलब कम लिन तयार देखिएका छन्। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार