लिटिल मास्टर नेपाल २०२३को बिजेता अभिशेक कृष्ण कर्माचार्य

लिटिल मास्टर नेपाल २०२३को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेकाछन्।

लिटिल मास्टर नेपाल २०२३को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेकाछन्।उनले उपाधि सँगै १० हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन्।

काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा न्युजेनिथईंग्लिश मोडेल स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनरअपको उपाधि सहित ८हजार रुपैयाँ प्राप्त गरे। सोही प्रतियोगितामा रेलाईन्सरेसेदेन्सि अलस्कुलका गौरव प्रजापती सेकेन्डरनरअप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए ।

कलशइभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५जना प्रतियोगीहरु थिए।आईआईएफटी स्कूलअफ फेसन एंडइन्टेरियर डिजाइनमा अध्यनरत फेसनडिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका विषयवस्तुमा तयार परिएका पोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए ।

समजसेवी तथा पुस्तकालए विशेषज्ञ इन्दिरा दलीको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णय कमण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, ड्रेसडिजाइनर गीता मिस्रा मिडिया व्यक्तित्व तथा श्रीजना सुत्रा का सहसंस्थापक सुबश श्रेष्ठप्रधान, तथा गायिका अन्जिला श्रेष्ठ थिए।

वरिष्ठ नृत्य निर्देशक तथा फेसन कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीच आफू भित्र लुकेका प्रतिभा लाई प्रस्तुत गर्ने तथा नेतृत्व तथा ब्यक्तित्व बिकास गर्ने सुनौलो अवसर मिलेको बताए।

C. No.NameTitle
1Nirvesh ShresthaMultimedia
2Pranab MaharjanDiscipline
3Sarthak MishraLeadership
4Ubin MaharjanAthletic
5Aaron DangolFriendship
6Nhuja ManandharAcademic
7Trinav MaharjanTalent
8Jatin MitrukaPhotogenic
9Aaron PrajapatiPersonality
10Suvaan MaharjanCharming
11Ronish MaharjanSmile
12Aarush MaharjanIntelligent
13Gaurav Prajapati2nd Runner up  
14Nabin Devkota1stRunner up

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार