सुदूरपश्चिम प्रदेश प्रहरी समाचार बुलेटिन, कहाँ के भयो ?

सुदूरपश्चिम प्रदेश प्रहरी बुलेटीन : अवैध भन्सार छलीका सामान बरामद, सवारी दुर्घटनामा मानिसको मृत्यु
  • अबैध भन्सार छलीका सामान बरामद                                                               

कैलाली:- जिल्ला कैलाली,धनगढी उप-महानगरपालिका ३ट्राफिकचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,३४०।–बराबरकोचिनी.मिठाई,नरिवल,प्याज,सलाई लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

कञ्चनपुर:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८३,७६०।–बराबरको कपडा,जुता,चप्पल,लेडिज ब्याग लगायतका सामानहरु मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित सामानहरु आवश्यककारबाहीका लागि प्रहरीले भन्सार कार्यालय गड्डाचौकी पठाईएको हो ।

  • अबैध लागू औषध सहित मानिस पक्राउ                                                             

कैलाली:- जिल्ला कैलाली,भजनी न.पा.३ ठेकी पुल नजीक भित्री सडक खण्डबाट६ ग्राम ७५ मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.१ बस्ने बर्ष २९ को लोक बहादुर कुमाललाई मंगलबारदिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ,निजले प्रयोग गरेको मोटरसाईकल थान-१ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

कञ्चनपुर:- जिल्ला कञ्चनपुर,बेदकोट न.पा. ७ बसन्तपुरबाटलागु औषध चरेस ०.७१ ग्राम र ०.०६ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ऐ.भिमदत्त न.पा.२ बस्ने बर्ष २३ को हरिश चन्द समेत चार जनालाई मंगलबारसाँझतिर प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित चारै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

  • मृत अबस्थामा फेला                                                                           

कैलाली:- जिल्ला कैलाली,घोडाघोडी न.पा.१ लक्ष्मीपुर बस्ने बर्ष ७३को गंगाधर गौतम सोही ठाँउ स्थित शिवशक्ति सामुदायिक बनमा मंगलबार दिउँसो मृत अवस्थामाफेला परेका हुन । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय सुखड कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

  • सवारी दुर्घटनामा मानिसको मृत्यु                                                                  

कैलाली:-जिल्ला कैलाली,घोडाघोडी न.पा.१ जंगलरिसोर्ट नजिक पुर्ब पश्चिम राजमार्गमापश्चिमबाट पुर्ब तर्फ गईरहेको सु.प.प्र.०१००१० प.५०७० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भईमंगलबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक ऐ.२बिशालचोक बस्ने बर्ष ३२ को धोज बहादुर शाहीको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाईते भएकाउनको घोडाघोडी अस्पताल सुखड हुँदै मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा सोही साँझतिर मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार