नेपाल टेलिभिजनबाट डोटेली भाषामा समाचार प्रसारणको थालनी

नेपाल टेलिभिजनबाट डोटेली भाषामा समाचार प्रसारणको थालनी

डोटी : नेपाल टेलिभिजनबाट डोटेली भाषामा समाचार प्रसारणको थालनी भएको छ । नेपाल टेलिभिजनको कोहलपुर प्रसारण केन्द्रबाट २०८० साल पुस १ गतेदेखि डोटेली भाषामा समाचार प्रसारणको आरम्भ भएको हो । नेपाल टेलिभिजनमा पहिलो पटक महेन्द्र बमले डोटेली भाषामा समाचार सम्पादन र वाचन गरेर आरम्भ गरेका हुन् ।

राष्ट्रिय प्रसारणलाई सबै समुदायको पहुँचमा पुर्‍याउने र समावेशी बनाउने राज्यको नीतिअनुरूप कोहलपुर प्रसारण केन्द्रबाट डोटेली भाषामा समाचार प्रसारणको थालनी गरिएको हो । हाल नेपाल टेलिभिजनबाट तामाङ, गुरुङ, , एन टिभी कोहलपुरबाट थारु, एन टिभी इटहरीबाट प्रदेश १ को लिम्बु, मधेस प्रदेशको मैथिली भाषालगायतका स्थानीय भाषा भाषीका समाचार प्रसारणमा रहेका छन् ।

रेडियो नेपालमा २०५१ सालदेखि नै भाषा भाषीको समाचार सुरु गरिएको थियो । यस्तै सरकारी स्वामित्वको गोरखापत्र संस्थानले गोरखापत्रमा पनि भाषा भाषी संस्करण प्रकाशनलाई निरन्तरता दिएको छ । त्यसलाई पछ्याउँदै नेपाल टेलिभिजनले पनि समावेशितालाई लागू गर्दै भाषा भाषीको समाचार दिन सुरु गरेको हो ।

‘विकासका लागि सञ्चार’ भन्ने मूल नारासहित वि. सं. २०४१ सालमा स्थापना भएको नेपाल टेलिभिजन नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा ठुलो टेलिभिजन प्रसारण संस्था हो। हाल नेपाल टेलिभिजन, एन टिभी प्लस, एन टिभी न्युज, एन टिभी कोहलपुर, एन टिभी इटहरी गरी ५ वटा च्यानल HD मा २४ सै घण्टा प्रसारणमा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार