ब्लड क्यान्सर पीडित शङ्करका लागी सहयोग जुट्दै

ब्लड क्यान्सर पीडित शङ्करका लागी सहयोग जुट्दै

धनगढी : Blood Cancer (Leukemia) बाट ग्रसित बाजुराको बुढीगंगा नगरपालिका वडा नं-२ ताप्रा बस्ने शङ्कर बहादुर थापालाई सहयोग रकम जुट्न थालेको छ । पहिलो चरणमा किमो थेरापी मार्फत वीर अस्पतालमा उपचार गराइरहेका शंकरलाई धनगढी बसपार्क संयुक्त काउन्टर कर्मचारी र बस ब्याबसायीहरु ले आर्थिक सहयोग गरेका हुन् ।

थापालाई धनगढी बसपार्क संयुक्त काउन्टर कर्मचारी र बस ब्याबसायीहरुले युवा छविलाल लामिछानेको नेतृत्वमा रु दश हजार चार सय आर्थिक सहयोग उनको बैङ्क खाता मार्फत पठाएका छन् ।

यस अघि आर्थिक अवस्था कमजोर भएका उनको उपचारमा लाखौँ रुपैयाँ खर्च लाग्ने भएकाले शंकरको जीवन रक्षाका लागि शाखा कार्यालय बानेश्वरमा रहेको सानीमा बैङ्कको खाता नंं. ०२३०१११०४००००१५१९ मा सहयोग रकम जम्मा गरी दिन आह्वान गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार