बालकुमारी घटना : मृतकका परिवारका एक जनालाई सरकारले रोजगारी दिने

बालकुमारी घटना : मृतकका परिवारका एक जनालाई सरकारले रोजगारी दिने

काठमाडौं : बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारका एक सदस्यलाई सरकारले रोजगारी दिने भएको छ । सोमबार गृह मन्त्रालयका प्रतिनिधि र मृतक परिवारबीच छलफलपछि रोजगारी दिनेसहित चार बुँदे सहमति भएको हो ।

चारबुँदे सहमतिअनुसार गृह मन्त्रालयले मृतकहरूलाई सहिद घोषणा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्नेछ ।

थप राहत उपलब्ध गराउन सहजीकरण गर्ने तथा मृतकका परिवारले आजै शव बुझ्ने सहमति पनि भएको छ । शव सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध पनि गृहले नै मिलाउने सहमति पत्रमा उल्लेख छ ।

गत शुक्रबार ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित इपिएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप भएको थियो। प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो । सरकारको तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। वीरेन्द्रका बुवा टेकबहादुर शाह र सुजनका मामा टेकबहादुर कटुवालले पनि हस्ताक्षर गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार