बैतडीको भटनामा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

बैतडीको भटनामा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

धनगढी : स्वास्थ्य कार्यालय बैतडीको आयोजनमा पुचौंडी नगरपालिकाको वडा नं. ४ भटनामा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । गएको आईतबार मालिका मा.वि भटनामा उक्त निशुल्क एक दिने प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा चिकित्कद्वारा बिरामीको चेक जाँच, निदान उपचार तथा प्रेसण, पाठेघरको मुखको क्यान्सर (भिआईए) स्क्रिनिङ जाँच, गर्भवति महिलाहरुको चेक जाँच तथा भिडियो एक्सरे, पाठेघर खसेका महिलाहरुको स्क्रिनिङ तथा रिंग पेसरी, परिवार नियोजनका लामो अवधिका साधन (इम्पान्ट, आईयुसीडी, यौन रोगको उपचार र निशुल्क औषधी वितरण तथा प्रयोगशाला सेवा प्रदान गरीएका मालिका मा.वि. भटनाका प्रधानाध्यापक हरीचन्द्र भट्टले जानकारी दिए ।

भट्टका अनुसार उक्त एक दिने शिविरबाट युवति तथा महीला गरी एक सय जनाले सेवा लिएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार