अर्याल र पनेरुसंगै जिल्ला अदालतबाट २६ जना उच्च अदालतको न्यायाधीशमा नियुक्त

अर्याल र पनेरुसंगै जिल्ला अदालतबाट २६ जना उच्च अदालतको न्यायाधीशमा नियुक्त

धनगढी : कैलाली जिल्ला अदालतका न्यायधिश ओमप्रसाद अर्याल उच्च अदालतमा नियूक्त भएका छन् । न्याय परिषद्‌ले अर्यालसहित उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो। बुधबार बसेको परिषद्‌को बैठकले उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको जनाइएको छ ।

यस्तै जिल्ला अदालत बैतडीका न्यायधिश जयानन्द पनेरु पनि उच्च अदालतमा नियूक्त भएका छन् । अर्याल र पनेरुसंगै जिल्ला अदालतका न्यायाधीशबाट २६ जना उच्च अदालतको न्यायाधीश नियुक्त भएका छन्। 

यस्तै परिषदले उच्च अदालत दीपायलमा कार्यरत न्यायधिश गणेश ठकुरीलाई उच्च अदालत विरगञ्ज सरुवा गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार