फिल्म ‘बुलाकी’ लण्डनको फिल्म अवार्डमा छनोट

यो बर्षको वैशाखमा रिलिज भएको फिल्म ‘बुलाकी’ लण्डनको एक प्रतिष्ठित फिल्म अवार्डमा छनोट भएको छ । यो फिल्मलाई ‘द लण्डन लिफ्ट अफ फिल्म फेस्टिभल २०२३’मा छनोट गरिएको छ ।

फिल्मका निर्माता विराज विष्टले ‘बुलाकी’ फिल्म प्रतिष्ठित अवार्डमा छानिएकोमा खुशी व्यक्त गरे । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो फिल्ममा नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् । फिल्ममा नरेन खड्का र विराज विष्टको मुख्य भूमिका छ । 

फिल्मले जारी प्रथाको कथालाई उठान गरेको छ । नेपालको सुदुरपश्चिम भेगमा हुने जारी प्रथाको कथालाई उठान गरेको फिल्मले नेपालमा पनि समीक्षकबाट राम्रो चर्चा बटुलेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार