पार्टीगत स्वार्थभन्दा माथि उठौँ : तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दामाथि उठेर देशको विकासका लागि एकजुट भएर लाग्न राजनीतिक दलका नेताहरूलाई आग्रह गरेका छन् ।

आज आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जनतालाई केन्द्रमा राखेर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा लाग्न दलका नेताहरूलाई आग्रह गरे । नेपाल विकासका सम्भावना भएको देशको भए पनि त्यसको सही सदुपयोग हुन नसकेको उनको भनाइ छ ।

‘यसअघि भएका कमीकमजोरी सुधार्दै काम गरेर देखाउनुपर्ने बेला आएको छ । यसका लागि हामी सबै एकजुट भएर देश बनाउनेतर्फ लाग्नुपर्छ’, उनले भने ।

एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपाल पर्यटनको लागि उपयुक्त गन्तव्य भए पनि त्यसको सही सदुपयोग हुन नसकेको बताए । मुलुकको अर्थतन्त्रको विकासका निम्ति पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेस पर्यटन विभाग प्रमुख आङ्गेलु शेर्पाले पछिल्लो समयमा नेपालको अर्थतन्त्रलाई हेर्दा निराश हुनुपर्ने अवस्था नरहे पनि संवेदनशील भने हुनुपर्ने टिप्पणी गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार