कैलालीको गोदावरी नगरपालिकामा दुई दिन स्थानीय विदा

सार्वजनिक बिदा

धनगढीः कैलालीको गोदावरी नगरपालिकामा दुई दिन स्थानीय विदा दिइएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा २ दिन २ र ३ गते विदा दिने निर्णय गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्धारा जारी सूचनामा नगर कार्यपालिकाको पुष २३ गतेको १०६ औं कार्यपालिका बैठकले २ दिन विदा दिने निर्णय गरेको उल्लेख छ।

सूचनामा गोदावरी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) र शैक्षिक संस्थाहरुमा स्थानीय बिदा दिईएको उल्लेख छ। माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले नै विदा दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार