सुदूरपश्चिममा प्रहरी नायव महानिरीक्षक ‘डीआइजी’ रविन्द्र केसीले गरे पदभार ग्रहण

सुदूरपश्चिममा प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले गरे पदभार ग्रहण
डीआइजी रविन्द्र केसी

धनगढी: सुदूरपश्चिम प्रहरीको नयाँ प्रमुखका रुपमा आएका ‍प्रहरी नायव महानिरीक्षक (डीआइजी) रविन्द्र केसीले पदभार ग्रहण गरेका छन्।

डीआईजी भरतबहादुर बोहरा सरुवा भएर गएपछि आएका केसीले आइतवार पदभार ग्रहण गरेका हुन्। केसीलाई प्रदेशस्थित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिल्लीराज बिष्ट लगायतका प्रहरी अधिकृत र कर्मचारीले स्वागत गरेका थिए।

पदभार ग्रहण पश्चात प्रहरी नायव महानिरीक्षक केसीले सुदूरपश्चिम प्रदेशको बस्तुस्थिति, जनशक्तिको बारेमा जानकारी लिएका थिए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार